माथाभाङ्गामा बम भेटियो

IMG-20241027-WA0162

 कोचबिहार: आइतबार बिहान करिब ८:३० बजे माथाभाङ्गा थानाको पुलिसले माथाभाङ्गा वार्ड नम्बर १२ मा एक प्राथमिक विद्यालयको छेउमा रहेको क्षेत्रबाट एक जीवित बम बरामद गरेको छ। स्थानीय स्रोतका अनुसार बिहान केही व्यक्तिले सडक छेउमा बम राखेको देखेपछि स्थानीयवासी आत्तिएर पार्षदलाई खबर गरे।  पार्षदले पुलिसलाई खबर गरेपछि पुलिसले आएर बम बरामद गर्यो।

स्थानीयवासी लतिफ मियाले हिजो दिउँसो १:३० बजे माथाभाङ्गाको वार्ड न० १२ को प्राथमिक विद्यालय नजिकैको क्षेत्रमा बम पड्केको आवाज सुनेको बताए। आज बिहान गएर त्यहाँ सुत्र र फलामको टुक्रा परेको र त्यसको छेउमा नयाँ बम भेटिएको देखे। पुलिसलाई खबर गरेपछि पुलिसले गएर बम बरामद गरी पुलिस चौकीमा लग्यो। तर, बम भेटिएपछि स्थानीयवासी त्रसित छन्। बम कसले राखेको हो भन्ने खुल्न सकेको छैन। पुलिसले बम बरामद गरी साथमा लगे पनि यो कसले गराएको हो भन्ने विषयमा अनुसन्धान थालेको छ।

About Author

Advertisement