लेटाङको बाँस झ्याङमा अचेत भेटिएकी महिलाको मृत्यु

IMG-20240913-WA0012

भद्रपुर: मोरङको लेटाङ नगरपालिका–३ स्थित बाँस झ्याङमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ।
लेटाङ–३ त्रिशूली चोककी ४५ वर्षीया इन्द्रकमला राई घरदेखि ५ सय मिटरजति पश्चिममा रहेको बाँस झ्याङमा बिहीबार दिउँसो १२ बजेतिर बेहोस अवस्थामा फेला परेकी थिइन्। लडिरहेको अचेत अवस्थामा भेटिएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
उनका अनुसार महिला खेतमा काम गर्नका लागि भनेर घरबाट गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। खेतकै बाँस झ्याङमा अचेत भेटेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए। शव प्राथमिक स्वास्थ्य केन्द्र लेटाङमै रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement