झापा कमलका अर्जुनले बनाए चार पाङ्ग्रे गाडी

IMG-20240913-WA0095

भद्रपुर: झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेको छ। कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे गाडी निर्माण गरी आज पर्यटकीय स्थल सताक्षीधाममा ल्याएका हुन्।
गाडीमा सावारी साधान निर्माणमा मेरो पहिलो अभ्यास लेखिएको छ। अर्जुनले चार वर्ष अगाडी देखि गाडी निर्माण गर्न सुरु गरेको र लाख खर्च गरेर उक्त गाडी बनाएको बताए। गाडीमा चालकसहित ४ जनासम्म बस्न मिल्ने छ। उनले निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको जानकारी दिए।
‘‘म गाडी बनाउने र कसैको प्रेरणा र सहयोग पाइएको खण्डमा यसैलाई नै व्यवसाय बनाउँछु भन्ने लाग्थ्यो, उनले भने, हाल मसँग गाडीका लागि खर्च गर्ने पैसा छैन। रकम अभावले गर्दा अरु गाडी बनाउने योजनामा ब्रेक लागेको छ। उनका अनुसार कसैले लगानी गरिदिए वा सरकारले यस्ता प्रविधि बनाउने नेपाली प्रोत्साहन गर्ने हो भने, म जस्तो गाडी बनाउन लगाए त्यस्तै बनाउन सक्छु। उनले गाडी निर्माण गरेर प्रदर्शन गर्दा कमल गाउँपालिकाले जम्मा २० हजार उपलब्ध गराएको जानकारी दिए।

About Author

Advertisement