तीजको अघिल्लो दिन आज दर खाइँदै

IMG-20240905-WA0223

भद्रपुर (नेपाल): हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दू महिलाहरु दर खाने तयारीमा जुटेका छन्। दरखाने दिनसँगै तीज पर्व आजदेखि शुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ।दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं अडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्व तयारी गर्छन्। आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement