- सेप्टेम्बर ९ मा अर्को बैठक हुने
- २० प्रतिशत बोनस माग
अलिपुरद्वार: उत्तर बंगालका चिया बगानका मजदुरहरूको पूजा बोनसको सम्बन्धमा आज द्विपक्षीय भर्चुअल बैठक आयोजना गरियो बैठक असफल भयो। आजको बैठकमा बोनसका विषयमा कुनै अन्तिम निर्णय हुनसकेको छैन। अर्को बैठक सेप्टेम्बर ९ मा कोलकातामा हुनेछ। उल्लेखनीय छ, तृणमूलले चिया बगानका कामदारहरूलाई २० प्रतिशत बोनस दिन माग गरिरहेको छ। अलिपुरद्वारमा एक पत्रकार सम्मेलनमा, तृणमूल अलिपुरद्वार जिल्ला अध्यक्ष प्रकाश चिकबराइकले भने, ‘बीस प्रतिशत बोनस दिनुपर्छ अन्यथा हामी सेप्टेम्बर १० मा हडतालमा जानेछौं।‘









