खरसाङ: घैयाबारी ग्राम पञ्चायत दुईको नयाँ भवन निर्माणक लागि आज शिलान्यास गरिएको छ। उक्त भवनको निर्माणको लागि शिलान्यास कार्य तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानको बाहुलीबाट सम्पन्न गरिएको छ। घैयाबारी ग्राम पञ्चायत दुईको भवन पुरानो भएको र हालमा जीर्णावस्थामा पुगेको कारणले गर्दा नयाँ भवन निर्माण हुने भएको हो। उक्त नयाँ भवन खरसाङ ईञ्जिनियरिङ विभागबाट 20 लाख रूपियाँको लागत खर्चमा निर्माण हुने भएको छ। उक्त शिलान्यास कार्यमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्यहरू र स्थानीयहरू उपस्थित रहेका थिए। उक्त नयाँ भवन निर्माणको लागि गरिएको शिलान्यास कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले विस्तृत रूपमा जानकारी गराउँदै नयाँ ग्राम पञ्चायत भवन निर्माणको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत भवन पुरानो भएको कारणले जीर्णावस्थामा रहेकोले नयाँ भवन एकदमै आवश्यक थियो भनी बताएका छन्।

यस नयाँ भवनको निर्माण कार्यको लागि सम्पन्न शिलान्यास कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत समिति कर्माध्यक्ष साजन दर्जी, पञ्चायत सदस्य दिपेन्द्र तामाङ र पुष्पकुमारी प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।









