प्यारालम्पिकमा ऐतिहासिक उपलब्धिपछि अझ दुईवटा पदक जित्न चाहन्छिन् शूटर अवनि

IMG-20240831-WA0122

शेटराउ (पेरिस): ऐतिहासिक स्वर्ण पदक जित्ने भारतीय प्यारा शूटर अवनि लेखराको ध्यान पेरिस प्यारालम्पिकमा अझ केही पदक जित्नुमा रहेको छ अनि उनी आफ्नो बाँकी दुईवटा स्पर्धामा पनि पोडियममा रहन चाहन्छिन्। अवनि शुक्रवार महिलाहरूकी १० मीटर एयर राइफल स्ट्याण्डिंग (एचएच१) शूटिंग स्पर्धामा लगातार दुईवटा प्यारालम्पिक स्वर्ण पदक जित्ने पहिलो भारतीय बनिन्। तीन साल अघि टोक्यो प्यारालम्पिकमा स्वर्ण पदक जित्ने २२ वर्षीय अवनिले असाधारण प्रदर्शन गर्दै २४९.७ पोइण्ट्सको साथ टोक्यो प्यारालम्पिकको रेकर्ड (२४९.६)-लाई तोड़िन्। यस स्पर्धामा भारतकै मोना अग्रवालले काँस्य पदक जितिन्। पेरिस प्यारालम्पिकमा देशको निम्ति स्वर्ण पदकको खाता खोलेपछि अवनीले आफ्नो अनुभवबारे भनिन्, फाइनल निक्कै नजिकको थियो। पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने खेलाड़ीबीच पोइण्ट्सको अन्तर एकदमै कम्ती थियो तर म नतीजाको सट्टा आफ्नो विचारहरूमा ध्यान दिइरहेकी थिएँ। यसपाली पनि एरेनामा बज्ने पहिलो राष्ट्रगान भारतको हुँदा म धेरै खुशी छु। मैले अझ दुईवटा स्पर्धामा हिस्सा लिनु छ अनि म देशको निम्ति अझ दुईवटा पदक जित्नमा ध्यान केन्द्रित गर्न चाहन्छु।
अवनिले भनिन्, मैले स्वर्ण पदक जित्नेबारे सोचेकी थिइनँ। म केवल आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने विषयमा सोचिरहेकी थिएँ। अहिले देशको निम्ति स्वर्ण पदक जित्न पाउँदा म खुशी छु। यसले देशकी अन्य महिलाहरूकी निम्ति समस्त वाधाहरूलाई तोड़ेको छ। भारतकी महिलाहरूले पनि स्वर्ण पदक जित्न सक्ने अब उनीरूले सोच्न सक्छिन्। यस्तो गर्ने पहिलो महिला बनेर म आभारी छु। अवनिले यस सालको शुरुवातमा भएको एउटा सर्जरीको चुनौतीलाई पार गर्नु कठिन रहेको पनि उल्लेख गरिन्। उनले पित्ताशयको सर्जरीबारे भनिन्, मार्चमा मेरो सर्जरी भएको थियो अनि म रेञ्जदेखि बाहिर थिएँ। अभ्यास गर्न पाइरहेकी थिइनँ। यसले मलाई मानसिक रूपले सताइरहेको थियो। त्यसपछि अहिले यहाँ स्वर्ण पदक जितेर म गर्वित छु।
यसरी स्पर्धामा २२८.७ पोइण्ट्सको साथ काँस्य पदक जित्ने मोना अग्रवालले भनिन्, चुनौती कठिन भए पनि म सफल रहे। अवनि साथमा हुँदा निश्चित रूपले फाइदा भयो। उनी एकजना च्याम्पियन हुन् अनि उनले मलाई प्रेरित गर्छिन्। भारतको प्यारालम्पिक इतिहासमा यो पहिलोपल्ट हो जब दुईजना शूटरले एउटै स्पर्धामा पदक जितिन्। एसएच १ वर्गमा यी खेलाड़ीहरू हुन्छन् जसको हात, कम्मरको तल्लो हिस्सा, खुट्टीमा विकृति हुन्छ या जसको हात हुँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement