कोशी अस्पतालकाे आम्दानीलाई पारदर्शी बनाउन निर्देशन

IMG-20240831-WA0108

भद्रपुर: मोरंग जिल्लाको बिराटनगर स्थित कोशी अस्पताल भद्रगोल अवस्थामा रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले असन्तुष्टि जनाएका छन्। स्वास्थ्य मन्त्री पौडेलले कोशी अस्पताल धेरै भद्रगोल अवस्थामा पाएको भन्दै अस्पताल प्रशासन तथा व्यवस्थापन समिति प्रति असन्तुष्टि जनाएका छन्। उनले अस्पतालको पुरानो भवनलाई देखाएर सेवा प्रवाहमा भएको भद्रगोललाई छुट दिन नमिल्ने बताए । ‘यो अस्पतालमा अध्यक्ष, मेसु सबैलाई भन्छु, यो जोसँग चिनजान छ त्यसलाई भर्ती गर्ने काम बन्द गर्नुस्, विज्ञापन गरेर मात्रै काम गर्नुस्, उनले भने, इन्स्टिच्युसनमा कुनै पनि नम्स रहेन भने यो देशमा कहीँ पनि नम्स रहँदैन, न्यूनतम नम्स भित्र रहेर काम गर्नुस्।’ मन्त्री पौडेलले नम्स बाहेकको आफ्नै कुरा पनि नमान्न आग्रह गर्दै विकास समितिको आम्दानीलाई पारदर्शी बनाउन निर्देशन दिए। पौडेलले कोशी अस्पताललाई स्वास्थ्य मन्त्रालयकै नमुना अस्पतालका रूपमा सञ्चालन गर्न आग्रह गरे। उनले अस्पतालमा बिना प्रतिस्पर्धा आफ्ना मान्छे नियुक्ति गर्ने काम बन्द गर्न विकास समितिलाई निर्देशन दिए।
मन्त्री पौडेलले डाक्टरले नमुनाको रूपमा सेवा दिनु पर्ने बताएका छन्। विराटनगरमा रहेको कोशी अस्पतालको अनुगमनका क्रममा मन्त्री पौडेलले डाक्टर भनेको फस्ट बेञ्चर भएकोले अस्पताल फस्ट बेञ्चरहरुले चलाउनु पर्ने बताए।
आफू स्कुलको फस्ट बेन्चर्स भएको बताएका स्वास्थ्य मन्त्री पौडेलले अस्पताललाई फस्ट बेन्चर्सहरूले चलाउनु बताए।
डाक्टर हुने मन भए पनि हुन नसकेको सुनाएका मन्त्री पौडेलले आफ्ना धेरै साथीहरू डाक्टर भएको बताए। पौडेलले डाक्टरहरूले नमुना बनेर काम गरेर देखाउनु पर्ने सुझाए।

About Author

Advertisement