वृन्दावन धाम निर्माण कार्य सम्बन्धी समीक्षा सभा सम्पन्न

IMG-20240830-WA0230

सोरेङ: दरामदिन समष्टि अन्तर्गत दोदकमा निर्माणाधिन वृन्दावन धाममा आज निर्माण कार्यसम्बन्धी समीक्षा सभा सम्पन्न भयो। सभामा दरामदिन क्षेत्रका विधायक एवं सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, मुख्यमन्त्रीका पूर्व सल्लाहकार रोहितराज महाराज, सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरूङ, सोरेङ जिल्लाका जिल्लापाल धिरज सुवेदी, पर्यटन विभागका अधिकारीगण, मन्दीर समितिका सदस्यहरू लगायत अन्यको उपस्थिति रहेको थियो। सभामा वृन्दावन धाम निर्माणबारे चर्चा परिचर्चा गरियो भने मन्दिर समितिका अध्यक्ष एवं मुख्यमन्त्रीका पूर्व सल्लाहकार रोहितराज महाराजले मन्दिरको विभिन्न तक्निकी विषयबारे प्रकाश पारे। योसँगै सभालाई सम्बोधन गर्दै विधायक एवं सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पाले यो धामको निर्माण कार्य गुणस्तरीय साथै द्रुत गतिमा भइरहेकोमा सन्तुष्टी प्रकट गरे। मन्दिर निर्माणको निम्ति यथेष्ठ धनराशी छुट्याएर कुनै वाधा अढ्चन बिनानै निर्माण भइरहेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति उनले कृतज्ञता अर्पण गर्दै आभार व्यक्त गरे। यसरी नै धाम परिसरसम्म पुग्ने सड़क व्यवस्थापनि चाँढ़ै नै निर्माण गरिने उनले वचन दिए। यो धाम निर्माणपछि यहाँभित्र आध्यात्मिक माहोलको सिर्जना गर्ने हरेक प्रकारको तयारीमा सबै जुट्नुपर्ने पनि उनले आग्रह गरे। यहाँभित्रको युनिफर्मदेखि सबै प्रकारको विषयहरूमा ध्यान दिनुपर्ने उनले सुझाव दिए। यसरी नै धामभित्र परिचालन हुने सम्पूर्ण सवारी साधनहरू पनि इलेक्ट्रोनिक्स हुनुपर्ने कुरामा उनले जोड़ दिए। धाम निर्माण कार्यमा सम्पूर्ण रुपले खटिरहेका मुख्यमन्त्रीका पूर्व सल्लाहकार रोहितराज महाराजलाई पनि उनले धन्यवाद दिए। यसको निर्माण कार्य समयमानै पुर्ण गरेर श्रद्धालु भक्तजनलाई समर्पण गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement