अधिक माइलेज र असाधारण फीचर्सको साथ नयाँ टीभीएस जुपिटर ११० स्कुटर लञ्च

IMG-20240828-WA0223

काेलकत्ता: दुईचक्के (टूव्हीलर) र तीनचक्के (थ्रीव्हीलर) सवारी साधन निर्माता टीभीएस मोटर कम्पनी (टीभीएसएम)-ले नवीनतम टीभीएस जुपिटर ११० लञ्च गरेको छ । कम्पनीले बताएअनिसार, यस स्कुटरमा नेक्स्ट जेनरेशनको इञ्जिन र धेरै फ्युचरिस्टिक फीचर्स समावेश गरिएको छ । स्कुटरको लञ्चको अवसरमा टीभीएस मोटर कम्पनीको सीनियर भाइस प्रेसिडेण्ट, हेड कम्युटर बिजनेस र कर्पोरेट ब्राण्डका हेड अनिरुद्ध हल्दारले भने, ‘टीभीएस जुपिटर ११० विगत दशकदेखि टीभीएस मोटर स्कुटर पोर्टफोलियोको अगुवा रहेको छ। समयको साथ ६५ लाख परिवारहरूले यस उत्पादमा आफ्नो भरोसा राखेका छन्, जसले यसलाई भारतको सबैभन्दा ठूलो अटोमोटिभ ब्राण्डहरू मध्ये एक बनाएको छ।’
नयाँ टीभीएस जुपिटर ११० का विशेषताहरूः
टीभीएस जुपिटर ११० मा ११३.३ सीसी, सिंगल सिलिण्डर, ४ स्ट्रोक इञ्जिन छ जसले ६५०० rpm मा ५.९ kW पावर र ५,००० rpm (आईगोअसिस्ट सहित) र ५,००० pm मा ९.२ Nm टर्क उत्पादन गर्छ । स्कुटरको नयाँ टेक्नोलोजीले अघिल्लो मोडलहरूको तुलनामा १० प्रतिशत अधिक माइलेज दिन्छ । यसमा अटो स्टार्ट-स्टप फिचर र आईएसजी (इण्टिग्रेटेड स्टार्टर जेनेरेटर) सहित एउटा इन्टेलिजेण्ट इग्निसन सिस्टम रहेको छ, जसले ओभरटेकिंग र क्लाइम्बिंगको समयमा ब्याट्रीबाट बिजुलीको प्रयोग गरेर परफर्मेन्सलाई बढ़ाउने गर्छ। यसले आवश्यक पर्दा अतिरिक्त एक्सेलेटरको सुविधा प्रदान गर्छ।
६ वटा रंगमा उपलब्धः
यो स्कुटर फ्रण्ट फ्यूल फिल, लामो सिट, अधिक लेग स्पेस र बडी ब्यालेन्स टेक्नोलोजीसँग आउँछ। यसमा डबल हेल्मेट स्टोरेज, मेटल म्याक्स बडी, फलो मी हेडल्याम्प, टर्न सिग्नल ल्याम्प रेस्ट, आपतकालीन ब्रेक वार्निंग रहेको छ। कल र एसएमएस-को साथ सम्पूर्ण डिजिटल ब्लुटुथ सक्षम क्लस्टर, भोइस असिस्टको साथ नेभिगेसन, फाइण्ड माई व्हीकल र अन्य धेरै सुविधाहरू छन्। यो स्कुटर ६ वटा सुन्दर रंग (डन ब्ल्यू म्याट, गेलेक्टिक कपर म्याट, टाइटेनियम ग्रे म्याट, स्टारलाइट ब्ल्यू ग्लस, लूनर व्हाइट ग्लस र मेट्योर रेड ग्लस)-मा उपलब्ध रहेको छ। यस स्कुटरको शुरुवाती मूल्य ७७,२०० रुपियाँ (एक्स शो-रूम, पश्चिम बंगाल) रहेको छ। यो ४ वटा वेरियण्टमा उपलब्ध रहेको छ- ड्रम, ड्रम एलोय, ड्रम एसएक्ससी र डिस्क एसएक्ससी।

About Author

Advertisement