यूएस ओपनमा दोस्रो राउण्डमै हारे कार्लोस अल्काराज

IMG-20240830-WA0137

न्यूयोर्क: विश्वका नम्बर तीन खेलाड़ी कार्लोस अल्काराज सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टको दोस्रो राउण्डमै हारेर बाहिर भए। उनलाई बिहीवार राति अर्थर ऐश स्टेडियममा विश्व ऱ्याङकिंगमा ७४औं स्थानमा रहने नीदरल्याण्डका बोटिक वान डी जेण्डस्कल्पले सीधा सेटमा ६-१, ७-५, ६-४-ले पराजित गरे। स्पेनका स्टार खेलाड़ी अल्काराजले अहिलेसम्म तीनवटा अलग-अलग ग्राण्ड स्ल्याममा ४ वटा खिताब जितेका छन्। यसमा दुईवटा विम्बल्डन (२०२३ र २०२४), एउटा फ्रेञ्च ओपन (२०२४) र एउटा यूएस ओपन (२०२२) सामेल छ। यसरी उनले यस साल पेरिस ओलम्पिकमा रजत पदक पनि जितेका थिए। यसपाली यूएस ओपनमा उनलाई खिताब जित्ने प्रबल दावेदार मानिएको थियो तर डच प्रतिद्वन्द्वीविरुद्ध उनले आशानुरुप प्रदर्शन गर्न सकेनन् अनि दोस्रो राउण्डमा पराजित भएर टुर्नामेण्टबाट बाहिर भए। जेण्डस्कल्पले अब तेस्रो राउण्डमा अमेरिकाका ज्येक ड्रेपरको चुनौती स्वीकार्नेछन्।

About Author

Advertisement