पाकिममा लैङ्गिक समानताबारे अन्तरक्रिया कार्यक्रम

IMG-20240822-WA0282

गान्तोक: पाकिम जिल्लाको महिला सशक्तिकरण डिस्ट्रिक्ट हबको पहलमा रिनाक सरकारी महाविद्यालयमा विद्यालयका विद्यार्थीहरूका बीचमा लैङ्गिक समानता र संवेदनशीलतामाथि अन्तरक्रिया आयोजना गरियो। यस अवसरमा वान स्टप सेन्टर र महिला हेल्प लाइनबारे लैङगिक विशेषज्ञ कुसु शर्माले जानकारी गराइन् भने कार्यक्रममा लैङ्गिक समानतामाथि सोही महाविद्यालयको थिएटर क्लबले कविता वाचन अनि नाटक मञ्चन गरेको थियो। सोही प्रकारले लैङ्गिक समानता विषयमा तर्क प्रतियोगिता पनि आयोजना गरिएको थियो। यसै क्रममा स्रोतवक्ता डा. साङ्गे डिकी भोटियाले देशको वर्तमान परिपेक्ष्यमा लैङगिक समानता अनि संवेदनशीलमाथि जानकारी गराइन्। यस अवसरमा विद्यार्थीहरूलाई लिएर अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement