चिया बोनसबारे चाँढो बैठक डाक्नु पर्ने मागमा माकापा जिल्ला समितिद्वारा मालिक संगठनलाई पत्राचार

IMG-20240816-WA0296

दार्जीलिङ: चिया बोनसबारे चाँढो बैठक डाक्नु पर्ने मागमा माकापा जिल्ला समितिले मालिक संगठनलाई पत्राचार गरेको छ। पार्टीले अर्कोतिर बारम्बार बन्द हुने सिक्किम अनि कालेबुङगामी राष्ट्रिय राजमार्गको वैकल्पिक बाटो मरमत्ति गरिनु पर्ने गरिनुपर्ने कुरामाथि जोर दिएको छ। यसबीच माकपा दार्जीलिङ जिल्ला समितिले दिवङ्गत माकपा नेता रतनलाल ब्राह्मणको १२५औं जयन्ती पालन गर्दै गत केही दिनअघि निधन भएका पूर्व मुख्यमन्त्री एवं माकपा पोलित ब्युरो सदस्य बुध्द देव भट्टचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। यस अवसरमा माकपा दार्जीलिङ जिल्ला सचिव एंव पूर्व सांसद समन पाठक र दार्जिलिङ जिल्ला सचिव मण्डली सदस्य सचिन खातीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement