भाजपा दार्जीलिङ जिल्ला नारी मोर्चाद्वारा डाक्टर हत्याको दोषीलाई चिन्हित गरी फाँसीको सजाय दिने मांग

IMG-20240816-WA0298

दार्जीलिङ: भाजपा दार्जीलिङ जिल्ला नारी मोर्चाले कोलकताका महिला डाक्टरको बलत्कार एवं हत्याको घटनाको कड़ा प्रतिवाद जनाउँदै दोषीलाई चिन्हित गरी फाँसीको सजाय दिनुपर्ने माग गरेको छ। आज भाजपा दार्जीलिङ जिल्ला समिति नारी मोर्चाले आज एक शोक सभाको आयोजना गरी मृतक महिला डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरेको छ। सोही अवसरमा बोल्दै दार्जीलिङ जिल्ला भाजपा नारी मोर्चा प्रमुख चन्द्रकला राई गुरूङले देशका राष्ट्रपतिलाई पनि महिलाहरूको सुरक्षाको निम्ति कड़ा कानून बनाउने अपिल गरेकी छन्।

दोषीलाई झट्टै चिन्हित गरेर फाँसीको सजाय दिनु पर्ने मांग गरेका छन्।

About Author

Advertisement