गान्तोक: आगामी २० अगस्तको दिन पालन गरिने ३३औँ नेपाली भाषा मान्यता दिवस पालन सम्बन्धमा आज भालेढुङ्गा साहित्यिक मञ्च, याङगाङले खण्ड प्रशासनिक केन्द्रको प्रेक्षागृहमा एक बैठकको आयोजन गऱ्यो।
विधायक तथा सिक्किम विधनसभाकी उपाध्यक्ष श्रीमति राजकुमारी थापाको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्रीका पूर्व प्रेस सचिव विकास बस्नेत, आरके बस्नेत लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।
मञ्चका अध्यक्ष पीएल दंगाललको स्वागत सम्बोधनसँगै शुरु गरिएको बैठकमा ३३औँ नेपाली भाषा मान्यता दिवस-२०२४ आगामी २० अगस्तको दिन भव्यरूपमा पालन गर्ने निर्णय लिइयो। कार्यक्रम याङगाङ माध्यमिक विद्यालयको सभागृहमा गरिने निर्णय लिइएको छ। बैठक अवधि विभिन्न विभागहरूका लागि कार्य विभाजन पनि गरियो।
आफ्नो सम्बोधनमा विधानसभा उपाध्यक्ष राजकुमारी थापाले भाषा मान्यता दिवसको महत्त्वको बारेमा प्रकाश पार्दै दिल कुमारी भण्डारीको योगदानलाई सम्झना गरिन्। उनले समितिलाई उत्कृष्ट कार्यक्रमको लागि शुभकामना दिइन्।
बैठकमा सहभागी बनेकाहरूले विभिन्न सुझाउहरू राखे। यसैगरी, बैठकमा स्वेच्छाले नगद योगदान र अन्य प्रकारका सहयोगहरू प्रदान गरी कार्यक्रमलाई भव्य एवं सफल बनाउन अपील गरिएको प्रेस बयानमा उल्लेख छ।










