घैयाबारीमा ७८औं स्वतन्त्रता दिवस पालन म्याराथन र विविध सांस्कृतिक कार्यक्रमसितै पालन

IMG-20240816-WA0280

तीनधारे: तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीमा स्वतन्त्रता दिवसको ७८औं वार्षिकोत्सव भव्य समारोहका साथ मनाइएको छ। उक्त कार्यक्रम घैयाबारी युवा क्लबको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रमको शुरुआत ५ किलोमिटरको म्याराथन दौडबाट गरिएको थियो। उक्त दौड तीनधारेदेखि घैयाबारीको नेताजी हाई स्कूल मैदानसम्म आयोजना गरिएको थियो। कार्यक्रमको क्रममा राष्ट्रिय ध्वजारोहण, मार्च-पार्स्ट, देशभक्तिपूर्ण नृत्य र ड्रिल प्रदर्शन गरिएको थियो। ब्लू डायमण्ड स्कूल, नेताजी हाई स्कूल र ड्याप जोभियल स्कूल र नेताजी प्राथमिक पाठशाला घैयाबारीका विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका थिए।

यस समारोहमा प्रमुख अतिथिको रूपमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाइबा उपस्थित थिइन् भने विशिष्ट अतिथिको रूपमा कारगिल एनजीओका अध्यक्ष सुभांग सब्बा र नेताजी हाई स्कूलका प्रधानाध्यापक दिनेश प्रधान उपस्थित थिए। यो सम्पूर्ण कार्यक्रममा घैयाबारीका सबै युवा र स्थानीय नागरिकहरूको सहयोग, तीनधारे पुलिस आउटपोष्ट, घैयाबारी तीन ग्राम पञ्चायत, नेताजी हाई स्कूल र प्राथमिक विद्यालयको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको थियो।

कार्यक्रममा घैयाबारी युवा क्लबका अध्यक्ष ज्ञानेंद्र राईले भने, “यस कार्यक्रमको उद्देश्य हाम्रो गाउँका युवाहरू र विद्यार्थीहरूलाई प्रेरित गर्नु हो साथै हाम्रो देशको स्वतन्त्रताको उत्सव मनाउनु हो।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement