जलपाईगढी: ‘मुख्यमन्त्री ममता ब्यानर्जीले आरजी कर मुद्दामा जे गर्नु पर्ने थियो त्यो गरिन्। तर त्यसका बाबजुद पनि यस मामिलामा मुख्यमन्त्री र तृणमल कांग्रेसलाई बदनाम गरिरहेको छ’, तृणमूल सरकारी कर्मचारी फेडरेसनको भनाइ छ। यस विषयमा झुटो प्रचार गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरियो। आज पनि तृणमूल सरकारी कर्मचारी फेडेरेसनका सदस्यहरूले यस विषयमा जिल्ला अधिकारीलाई भेटेका छन्। राज्य सरकारी कर्मचारी फेडेरेसनका जिल्ला अध्यक्ष निरुपम मुस्तफीले भने, ‘यो घटनाबाट हामी सबै दु:खी भएका छौंl त्यसैको विरोधमा आज जलपाईगढी जिल्ला कमिटीले आज राज्यभर विरोध प्रदर्शन गरिरहेको छ।‘










