सिलगढी: लुटपाटको योजनालाई विफल पार्दै एनजेपी पुलिसले पाँचजनालाई पक्राउ गरेको छ। अभियुक्तहरुको नाम पिन्टु कुमार, पवन कुमार महतो, कुन्दन कुमार दास, अभिषेक कुमार र सन्तोष कुमार रहेका छन्। आरोपितमध्ये पवन कुमार फालाकाटाका र बाँकी बिहारका बासिन्दा हुन्। गोप्य स्रोतका आधारमा मंगलबार राति एनजेपी थानाको सादा पोसाकका पुलिसलाई चारपाङ्ग्रे सवारीसाधनसहित कैयौँ व्यक्ति लुटपाट गर्ने उद्देश्यले भेला भएको थाहा भयो। लगत्तै पुलिस टोली त्यहाँ पुगेर पाँच जनालाई पक्राउ गरेको थियो। साथै, समाज विरोधी गतिविधिमा प्रयोग हुने चारपाङ्ग्रे सवारीसाधन पनि बरामद गरिएको छ। पुलिस स्रोतका अनुसार अभियुक्तहरूले क्यानल रोडमा लुटपाट गर्ने योजना बनाएका थिए। सबैलाई आज जलपाईगुडी अदालतमा पेश गरिएको छ।