पीआर श्रीजेशको १६ नम्बर जर्सीलाई रिटायर गऱ्यो हकी इण्डियाले

IMG-20240814-WA0247

नयाँ दिल्ली: हकी इण्डियाले बुधवार दिग्गज गोलकीपर पीआर श्रीजेशको जर्सी नम्बर १६-लाई रिटायर गर्ने फसेला गऱ्यो। स्टार गोलकीपरले हालै सम्पन्न भएको पेरिस ओलम्पिक खेलहरूमा देशलाई लगातार दोस्रो पदक दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पेरिस ओलम्पिकपछि उनले खेलबाट सन्न्यास लिएका थिए। हकी इण्डियाका महासचिव भोलानाथ सिंहले यो घोषणा गर्दै लगभग २ दशकसम्म १६ नम्बर जर्सी लगाएर खेल्ने ३६ वर्षीय श्रीजेशले अब राष्ट्रिय जूनियर हकी टीममा प्रशिक्षकको भूमिका निर्वाह गर्ने जानकारी दिए। उनले भने, श्रीजेश अब जूनियर टीमका प्रशिक्षक बन्न गइरहेका छन् अनि हामी सीनियर टीमको निम्ति १६ नम्बर जर्सीलाई रिटायर गरिरहेका छौं। हामीले जूनियर टीमको निम्ति चाहिँ १६ नम्बर जर्सीलाई रिटायर गरेका छैनौ। उल्लेखनीय छ, भारतले स्पेनलाई २-१-ले पराजित गरी पेरिस ओलम्पिकमा काँस्य पदक जितेको थियो अनि त्यसपछि श्रीजेशले खेलबाट विदा लिएका थिए। श्रीजेश लामो समयदेखि भारतीय हकी टीमका महत्त्वपूर्ण सदस्य रहेका थिए। भारतीय पुरुष हकी टीमलाई टोक्यो ओलम्पिकमा काँस्य पदक दिलाउनमा पनि उनको महत्त्वपूर्ण योगदान थियो।

About Author

Advertisement