दार्जिलिङमा एघारौं कन्याश्री दिवस पालन

IMG-20240814-WA0262

दार्जिलिङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुरू गरेको कन्याश्री योजनाको एघारौं स्थापना दिवस राज्यका सबै जिल्लाहरुमा आज पालन गरियो। पश्चिम बंगाल सरकारको महिला तथा विकास अनि समाज कल्याण विभागद्वारा यो कार्यक्रम दार्जीलिङको भानु भवन/ गोर्खा रंगमंचमा पनि सम्पन्न भयो। यस अवसरमा बोल्दै दार्जीलिङकी‌ जिल्ला शासक डाक्टर प्रिती गोयलले मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यकी महिलाहरूलाई प्रति महिना एक हजार रुपियाँको राशि यस योजनाद्वारा प्रदान गरिरहनु भएको छ। यो राशिले राज्यका गरिब महिलाहरुलाई ठूलो टेवा मिलेको छ जसद्वारा उनीहरूले आ-आफ्ना छोरीहरूलाई शिक्षाका लागि स्कूल पठाउन सकुन्। यसले गर्दा आर्थिक अभावमा स्कूल छोड्ने बालिकाहरूको संख्या धेरै घटेर गएको पनि जिल्लाशासक प्रिती गोयलले उल्लेख गर्नुभयो। गरीब परिवारका लागि यो राशि एउटा वरदान हो भनी बताइन्।

यस अवसरमा जीटीएरो मुख्य कार्यपाल अनित थापा पनि उपस्थित थिए। यस समारोहमा कन्याश्रीबारे आयोजित प्रतिस्पर्धाका कन्याहरूलाई पुरस्कृत गरियो। विभिन्न विद्यालयका नानीहरूको समारोहमा उपस्थिति रहेको थियो।

About Author

Advertisement