सिलगढी: नक्सलबारी पुलिस स्टेशनले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ। नक्सलबारी पुलिसले ४९० ग्राम ब्राउन सुगरसहित रथखोला रेलवे गेट क्षेत्रबाट एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलाबगञ्ज, कालियाचक, मालदाका निवासी अरिमा खातून (३८) र मोहम्मद माजिरुल (४०) रहेका छन्। पुलिस स्रोतका अनुसार पक्राउ परेका आरोपी मालदाबाट रेल चढेर नक्सलबारी रेलवे स्टेशनमा ओर्लिएर खरीबारीमा लागुऔषध ओसारपसार गर्न गइरहेका थिए। तर प्रहरीले यो जानकारी गोप्य स्रोतबाट पाएको हो। त्यसपछि रथखोला रेलवे गेट नम्बर २ मा शंकास्पद व्यक्तिको खोजी गर्दा उक्त लागुऔषध बरामद भएको हो। त्यसपछि पुलिसले दुवैलाई पक्राउ गरेको थियो। नक्सलबारी पुलिसले पक्राउ आरोपीलाई आज सिलगढी डिभिजन कोर्टमा पेश गरेको छ। उनीहरुलाई हिरासतमा लिएर पुलिसले घटनामा अरु को–को संलग्न छ र पक्राउ परेका अभियुक्तले लागुऔषध कसलाई दिन गइरहेका थिए भन्ने जान्न चाहन्छ।








