जो रुटको टेस्ट क्रिकेटमा १२००० रन पूरा

IMG-20240728-WA0129

एजबेस्टन: ईंग्ल्याण्डका जो रुट १२००० टेस्ट रन पूरा गर्ने दोस्रो सबैभन्दा कम्ती उमेरका क्रिकेटर बनेका छन्। उनले शनिवार वेष्ट इण्डिजविरुद्ध जारी तेस्रो तथा अन्तिम टेस्ट म्याचमा यस उपलब्धिलाई हासिल गरे। दाहिने हातका ब्याटर रुटलाई यस पीढ़ीका सर्वश्रेष्ठ क्रिकेटरहरूमा एक मानिन्छ। उनी यस उपलब्धिसम्म पुग्ने विश्वका सातौं खेलाड़ी हुन् अनि एलिस्टर कुकपछि ईंग्ल्याण्डका केवल दोस्रो क्रिकेटर हुन्। यसरी नै उनले टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने मामिलामा वेष्ट इण्डिजका महान ब्याटर ब्रायन लारा (११,९५३)-लाई पछि छोड़े। उनी टेस्ट इतिहासमा सातौं सर्वाधिक रन बनाउने खेलाड़ी बनेका छन्। रुटले म्याचको दोस्रो दिन ईंग्ल्याण्डको पहिलो ईनिंग्सको अवधि १२००० रनको आँकड़ा पार गरे। एक समय स्कोर ५४ रनमा ५ विकेट भए पनि रुटले कप्तान बेन स्टोक्ससँग मिलेर ईंग्ल्याण्डलाई बचाए। रुटले १२४ बल खेलेर ७ वटा चौकाको साथ ८७ रन बनाए। यस ३३ वर्षीय ब्याटरले २०१२-मा भारतविरुद्ध आफ्नो टेस्ट डेब्यू गरेका थिए। उनले अहिलेसम्म ५०.२५-को औसतले १४३ वटा म्याच खेलेका छन्। टेस्ट क्रिकेटमा रुटले ३२ वटा शतक र ६४ वटा अर्द्धशतक बनाइसकेका छन्। रुट अहिले सर्वाधिक रन बनाउने सक्रिय टेस्ट क्रिकेटर हुन्। ईंग्ल्याण्डको तर्फबाट सर्वाधिक टेस्ट रन बनाउनेहरूका सूचीमा रुटभन्दा अघि एकमात्र कुक रहेका छन्, जसले १२४७२ रन बनाएका थिए। रुटले कुकको रेकर्डलाई पनि चाँड़ै तोड़्ने सम्भावना छ। रुटले अहिलेसम्म १२०२७ रन बनाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement