झापा आउँदै गरेको ट्रक र स्कुल बस ठोक्किदाँ ४ जना घाइते

IMG-20240716-WA0080

झापा: काठमांडूबाट झापा आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको स्कुल बस उदयपुरमा ठक्कर खाँदा चारजना घाइते भएको प्रहरीले जनाएको छ। उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ चुहाडे गुण्टेस्थित मदन भण्डारी राजमार्गमा काठमाण्डौबाट झापा आउँदै गरेको प्र१–०५–००१क००३७ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्र१–०१–००१ख ३८०८ नम्बरको उदयसी बोर्डिङ स्कुल जलजलेको स्कुल बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा बस चालक उदयपुर त्रियुगा ४ फर्सेट बस्ने वर्ष ५० का भिमबहादुर मगर, सहचालक वडा नं ६ बस्ने वर्ष ५३ का कुलबहादुर थापा, विद्यार्थीहरू १४ वर्षीया सिम्रन चौधरी र १८ वर्षीय सुरेश दनुवार घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको जनाइएको छ।ट्रक चालक झापा कनकाई ५ बस्ने वर्ष ३० का टुजन दियालीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको जनाएको छ।

About Author

Advertisement