नयाँ दिल्ली: पेरिस ओलम्पिकको उल्टा गन्ती शुरु भइसकेको छ अनि खेलाड़ीहरूले अन्तिम तयारी शुरु गरिसकेका छन्। यसबीच भारतका लंग जम्प एथलीट जेस्विन एल्ड्रिन र ५००० मीटरको धाविका अंकिता ध्यानीले पनि पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरेका छन्। यी दुई एथलीटले वर्ल्ड ऱ्याङकिंग कोटाको माध्यमले पेरिस ओलम्पिकको निम्ति कालीफाई गरेका छन् । यसरी पेरिस जाने भारतीय एथलेटिक्स टीमको सदस्य संख्या बढेर ३० पुगेको छ। पेरिस ओलम्पिक २६ जुलाईदेखि शुरु हुनेछ। लंग जम्पमा राष्ट्रिय रेकर्डधारी एल्ड्रिन र अंकिताको नाम वर्ल्ड एथलेटिक्स (डब्ल्यूए) – द्वारा प्रकाशित नवीनतम सूचीमा सामेल छ। वास्तवमा राष्ट्रिय महासंघहरूले अन्तर्राष्ट्रिय संस्थालाई आफ्ना ती एथलीटहरूबारे सूचित गरेको थियो, जसले ओलम्पिकको निम्ति क्वालीफाई गरे पनि विभिन्न कारणहरूले गर्दा पेरिसमा प्रतिस्पर्धा गर्ने छैनन्। भारतका शीर्ष लंग जम्प एथलीट मुरली श्रीशंकरले पनि ८.२७ मीटरको क्वालीफिकेशन मानकद्वारा सीधै प्रवेश पाए पनि चोटले गर्दा ओलम्पिकबाट बाहिर भएका छन्। अहिले डब्ल्यूआई-को सूचीमा एल्ड्रिन ३१औं स्थानमा रहेका छन् जबकि ३२ जना खेलाड़ीले ओलम्पिकको लंग जम्प स्पर्धामा हिस्सा लिन्छन्। अंकितालाई ४२औं स्थानमा राखिएको छ, जुन अन्तिम ऱ्याङकिंग स्थान हो।