रोहितको कप्तानीमा च्याम्पियन्स ट्रफी र डब्ल्यूटीसी फाइनल जित्ने जय शाहको दावी

IMG-20240707-WA0275

नयाँ दिल्ली: बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड) सचिव जय शाहले टी२० वर्ल्ड कप च्याम्पियन टीमका कप्तान रोहित शर्माले वनडे इण्टरनेशनल र टेस्ट क्रिकेट टीमको अगुवाई गर्न जारी राख्ने स्पष्ट गरे। यसको साथमा उनले भारतीय टीमले रोहितको कप्तानीमा आउँदो साल हुने च्याम्पियन्स ट्रफी र वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) जित्ने पनि दावी गरे। कपिल देव र महेन्द्र सिंह धोनीपछि आईसीसी ट्रफी जित्ने तेस्रो भारतीय कप्तान बन्ने रोहितले टी२० इण्टरनेशनल क्रिकेटबाट सन्यास लिइसकेका छन्। शाहले आइतवार भने, आउँदो लक्ष्य डब्ल्यूटीसी फाइनल र च्याम्पियन्स ट्रफी हुनेछ। मलाई रोहित शर्माको कप्तानीमाथि पूरा भरोसा छ। हामी उनको कप्तानीमा यी दुईवटा टुर्नामेण्ट जित्नेछौं अनि यसमा कुनै सन्देह छैन। आईसीसी च्याम्पियन्स ट्रफीको आयोजन पाकिस्तानमा हुनेछ। यस टुर्नामेण्टको कार्यक्रमको मसौदा आईसीसीलाई सुम्पिइएको छ तर बीसीसीआई ले चाहिँ अहिलेसम्म हरियो झण्डी देखाएको छैन। रोहितले वनडे र टेस्ट टीमको कप्तानी गरे पनि टी२० अन्तर्राष्ट्रियमा हार्दिक पाण्ड्याले टीमको अगुवाई गर्ने सम्भावना छ।

About Author

Advertisement