दार्जीलिङ: एडवडर्स फाउण्डेशनले युपीएससी र सीएसई २०२४-२०२५ को निम्ति नि:शुल्क कोचिङको लागि लिखित परीक्षा सम्पन्न गराएको छ। स्थानीय सन्त रोबर्ट उच्च माध्यमिक विद्यालयमा आयोजित लिखित परीक्षामा विभिन्न क्षेत्रका परीक्षार्थीहरूले अंश ग्रहण गरेका छन्। बिहानदेखि नै मुसलधारे पानी परिरहेको भएता पनि परीक्षार्थीहरूले जोश र हौसलाको साथ परीक्षामा बसेको जानकारी प्राप्त भएको छ।

एडवडर्स फाउण्डेशनले यूपीएससी सीएसई जस्ता परीक्षाहरूको निम्ति नि:शुल्क कोचिङ दिन्दै आएको यो चैथो वर्ष हो। आजको परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूलाई व्यक्तित्व परीक्षण अर्थात् अन्तर्वार्ता राउण्डको निम्ति पुनः बोलाइने भएको पनि जानकारी गराइएको छ।