जीटीए लथालिङ र भताभुङ्ग छ अनि केही पनि ठीकसँग चल्न सकेको छैन: गोपाल परियार
दार्जीलिङ: जीटीए र नगरपालिकाको आँखा पुग्न नसक्दा हाम्रो पार्टीले उठाए पैह्रोको ढुङगा माटोहरू। गत केही दिन अघिदेखि परेको मुसलधारे पानीले दार्जीलिङ शहरको गाँधी रोडमा पैह्रो झरेको थियो। तर घण्टौ बितिसक्दा पनि दार्जीलिङ नगरपालिका र जीटीएको आँखा पुग्न नसक्दा स्थानीय बासिन्दाहरूले हाम्रो पार्टीलाई फोन गरेर सहयोगको गुहार लगाउँदा हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति प्रवक्ता एंव २९ नम्बर वार्डको नगरपार्षद गोपाल परियार बुल्डोजर र पिक अप भ्यान लिएर गाँधी रोडमा झरेको पैह्रोको ढुङगा माटोहरू उठाउन पुगेको हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएको छ। यसै सन्दर्भमा हाम्रो पार्टीको प्रवक्ता एंव नगरपार्षद गोपाल परियारले जीटीए र नगरपालिकाको आँखा यी पैह्रोमाथि पुग्न नसक्दा स्थानीय मानिसहरूले हामीलाई फोन गरेर रोडमा झरेको ढुङगा माटोहरू उठाई दिने गुहार लगाएपछि हामीले ढुङगा माटो उठाएका हौं भनी बताएका छन्। उनले आरोप लगाउँदै भने, ‘दार्जिलिङको गाँधी रोडको बाटो भएर जीटीए मुख्यालय लालकोठी जाने आउने गर्छन् तर पनि जीटीए चिफ् अनित थापा दाजुको आँखा यी पैह्रोमा नपर्नु यो अति नै दु:खको विषय हो। जीटीए चिफ् अनित थापाले भन्ने गर्छ जीटीए सबै कार्यहरूमा समक्ष रहेको दावी गर्नु हुन्छ तर जीटीए एंव उनी समक्ष छैन। दार्जिलिङको गाँधी रोडमा पैह्रो झरेको घण्टौ बितिसक्दा पनि पैह्रोको ढुङगा माटोहरू समेत उठाउन सकेनन्। जीटीए लथालिङ भताभुङ्ग छ। केही पनि ठीकसँग चल्न सकेको छैन।’
हाम्रो पार्टी प्रवक्ता गोपाल परियारले अघि भने, ‘अनित थापा दाजु तपाईले सम्मान र इज्जतसँग जीटीएबाट राजीनामा दिनुहोस्। तपाईको हातबाट दार्जीलिङ पहाडमा केही हुनेवाला छैन। तपाईले काम गर्नु सक्नु हुन्न। तपाईसँग काम गर्ने क्षमता र दक्षता छैन। पहाडको जनताले तपाईलाई मान सम्मानसँग जीटीए चीफको चैकीमा राखेको छ तर तपाई जनताको हितमा काम गर्नुको साटो जीटीए मुख्यालय लालकोठीबाट भागेको भागेको हुँदैछ। आफ्नो कार्यालयमा बस्नै हुन्न।’
उनले अझ भने, ‘यस्तो स्थितिमा तपाई जीटीए मुख्यालय लालकोठीमा हुनु पर्ने समयमा तपाई मधेशमा डेरा लगाएर बस्नु हुँदैछ। यो कस्तो विडम्बना हो। स्व सुवास घिसिङले निर्माण गर्नु भएको लालकोठी जाने यो गाँधी रोडको बाटो हो। तर गाँधी रोडमा पैह्रो झरेको घण्टौ बितिसक्दा पनि जीटीए र दार्जीलिङ नगरपालिकाको आँखा पुग्न नसक्नु भनेको यो गज्जबै हो।’ गोपाल परियारले आफ्नो वार्ड २९ नम्बरको विभिन्न क्षेत्रहरूमा पैह्रो झरेको हुनाले यो बुल्डोजर र पिक अप भ्यान आफुसँग राखेर सोमबारदेखि सर सफाईको कार्यलाई तीव्र रूप दिने बताएका छन्।









