खरसाङ: सीपीआईएम दार्जिलिङ जिल्ला सचिव मण्डली सदस्य एंव डीवाईएफआई दार्जिलिङ जिल्ला सभापति सचिन खाती मातृ शोकमा परेका छन्। खरसाङ खण्ड अन्तर्गत रोहिणीको रत्नड्याङ निवासी उनको आमा मनकला खातीको ६१ वर्षको उमेरमा गत २ जुलाईको दिन नै आकस्मिक निधन भएको छ। उनी विगत केही समयदेखि किड्नी सम्बन्धित रोगले पिढीत थिए। उनले आफुपछि पति धनबहादुर खाती, छोरा सचिन खाती र बुहारी पूजा कालिकोटे साथै दुई छोरीहरू एवं नाता नातिनीहरु छोडी गएका छन्। सीपीआईएम जिल्ला सचिव मण्डली सदस्य सचिन खातीतो आमाको निधनमा सबैले श्रध्दाञ्जली अर्पण गरेका छन्।