शहीद टाँसी भोटियालाई विधायक निरज जिम्बाद्वारा श्रद्धाञ्जली अर्पण

IMG-20240707-WA0232

सोनादा: शहीद टाँसी भोटियालाई उनको सातौं पुण्यतिथिमा दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले श्रध्दाञ्जली अर्पण गरेका छन्। २०१७ को गोर्खाल्याण्ड आन्दोलन अवधि जाति र माटोको निम्ति लड्दै आफ्नो प्राणको आहुति दिएका शहीद टाँशी भोटियालाई उनको सातौं पुण्यतिथिमा आईतबार सोनादा बजारमा अवस्थित शहीद वेदीमा पुगेर विधायक जिम्बाले श्रद्धाञ्जली अर्पण गरेका छन्। विधायक निरज जिम्बाले शहीद टाँशी भोटियालाई स्मरण गर्दै उनको वेदीमा धुप बाली खदा अर्पण गरेका छन्। शहीद टाँशी भोटिया ७ जुलाई २२०१७ को दिन आन्दोलन अवधि शहीद भएका थिए। जाति र माटोको उन्मुक्तिको निम्ति १९८६ सालमा भएको आन्दोलनमा ती वीर वीरंगनाहरुले दिएको बलिदानलाई हामीले भुलेको छैनौं। उनीहरुले दिएको योगदान अनि सपनालाई साकार गराउन हामी लागि परेका छौं। उनीहरुले देखेको सपना पूरा हुनु नै शहीदहरुलाई साँचो श्रद्धाञ्जली अर्पण गर्नु हो भनी विधायक निरज जिम्बाले आफ्नो छोटो विज्ञप्तिमा जनाएका छन्। यसै गरी २०१७ को आन्दोलनमा आफ्नो प्राणको आहुती दिने वीर शहीदहरुको बलिदान खेरो जाने छैन। आज ती वीर शहीदहरुलाई स्मरण गर्दै शहीद टाँशी भोटियाको पुण्यतिथिको दिन शहीद वेदीमा मैले श्रद्धाञ्जली अर्पण गरे भनी विधायक निरज जिम्बाले जनाएका छन्।

About Author

Advertisement