- उत्तम कुमार छेत्रीलाई नेपाली साहित्य सम्मान पुरस्कार-२०२३
- सिक्किमकी श्रीमती गीताश्री शर्मा नेपाली साहित्य पुरस्कार-पद्यका लागि
- मिरिककी श्रीमती शीला लामालाई नेपाली साहित्य पुरस्कार-गद्यका लागि
- देहरादूनका दीपक राईलाई नेपाली साहित्य पुरस्कार-पत्रकारिताका लागि
नयाँ दिल्लीः आज हाम्रो स्वाभिमान ट्रष्टले भानु जयन्तीको शुभ अवसरमा पूर्व आयोजित साहित्यिक कार्यक्रममा राष्ट्रिय नेपाली साहित्य पुरस्कार-२०२४ को लागि चयनित स्रष्टाको नाम घोषणा गर्योl यसका साथै यस अवसरमा आयोजित कविता वाचन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्यो। विष्णु बहादुर गुरुङले राष्ट्रिय पुरस्कार-२०२४ का चयनित स्रष्टाहरूको नाम सार्वजनिक गरे। राष्ट्रिय पुरस्कारमा सर्वोच्च राष्ट्रिय पुरस्कार नेपाली साहित्य सम्मानमा दिल्लीका उत्तम कुमार छेत्री भए भने नेपाली साहित्य पुरस्कार-पद्यका लागि सिक्किमकी श्रीमती गीताश्री शर्मा, नेपाली साहित्य पुरस्कार-गद्यका लागि मिरिकका श्रीमती शीला लामा र नेपाली साहित्य पुरस्कार-पत्रकारिताका लागि १९ वर्ष भन्दा धेरै नेपाली पत्रकारिता प्रति सेवापुर्याए बापत देहरादूनका दीपक राई चयनित भएको घोषणा गरियो। चयनित स्रष्टाहरूलाई ६ सेप्टेम्बरमा नयाँ दिल्लीको तालकटोरा स्टेडियमा हुने हरितालिका तीज महोत्सव-२०२४ को भव्य कार्यक्रममा सम्मानित गर्ने जानकारी ट्रस्टकी महासचिव श्रीमती अनिता छेत्रीले दिएकी छिन्।
कविता प्रतियोगिता दुई चरणमा भएको थियो। प्रथम चरणमा १५ वर्षसम्मका प्रतिभागी थिए, जसमा प्रथम विजेता अनुष्का भण्डारी अनि १५-२५ वर्षका प्रतिभागीमा प्रथम विजेता निशा थापा भए। कार्यक्रमका मुख्य अतिथि श्रीमती द्रुपदा सापकोटा पोलिटिकल काउन्सेलर-नेपाल एम्बासी, विशिष्ट स्थिति के बी गुरुङ, कार्यक्रममा भाषाविद् विष्णु गुरूङ, साहित्यकार धर्मराज थापा, कवि जे के बराइली, कवि टाशी शेर्पा, कवि डा. युवराज भट्टराई, किरण कुमार रसाइली, महिला अध्यक्ष अनिता ज्ञवाली, उपाध्यक्ष श्रीमती कमला पोखरेल एवं अतिथिको रूपमा उपस्थित थिए। ट्रस्टका कार्यकारी अध्यक्ष शिवलाल ज्ञवालीको संयोजनमा र श्रीमती बिन्दु सिंहको अगुवाईमा कविता वाचन प्रतियोगितामा ३० प्रतियोगीहरुले भाग लिएका थिएl विजेता, विजेताहरूलाई प्रशस्ति-पत्र, स्मृति चिन्ह एवं सम्मान राशि दिएर सम्मान जनाइयो। ट्रस्टका अध्यक्ष नारायण श्रेष्ठको स्वागत भाषण उपरान्त कार्यक्रमको थालनी श्रीमती हरिकला गैरेद्वारा नेपाली रामायण पाठका साथ भएको थियो भने लोक नृत्य र एकल गीतहरूको प्रस्तुतिले नेपाली संस्कृतिको झलक प्रस्तुत गरेको थियो।