तीनधारेदेखि सिविटार जाने रोड खोलिएपछि गाड़ीहरू कुद्न सुचारू

IMG-20240707-WA0228

खरसाङ: केही दिन अघि गएको पैह्रोले बन्द भएको तीनधारेदेखि सिविटार जाने रोड अहिले खोलिएको छ। गत १ जुलाईको राती गएको पैह्रोको कारणले बन्द भएको तीनधारेदेखि सिविटार जाने रोड पैह्रो सफा गरेर पूर्ण रूपमा खोलिएको छ। अहिले यो रोड भएर गाड़ीहरू कुदाउन सकिने भएको छ। पगलाझोड़ामा पैह्रोले एनएच ११० बन्द भएपछि महानदी क्षेत्रको लागि सिलगढी जानु र आउनु य रोड वैकल्पित रोडको रूपमा लिन सकिन्छ। यो रोड भएर महानदीको लागि कम समयमा सिलगढी पुगेर आउन सकिन्छ। तीनधारेदेखि सिविटार जाने रोड खोलिएपछि सिविटार, शिवखोला, बाघमारा बस्ती लगायत अन्य स्थानहरूका मानिसहरूलाई राशन पानी ल्याउनु र बजार जानु अहिले सुविधा भएको छ। उक्त रोड खोलाउने कार्यमा जीटीए प्रमुख अनित थापाको सहयोगमा खरसाङ खण्ड पञ्चायत समिति सदस्य कुसाङ लामाको पहलमा जीसीबी लगाएर खोल्ने कार्य गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै तीनधारेदेखि सिविटार जाने रोड खोलाउन बाघमारा गोदामटार ग्राम सुधार समितिको तर्फबाट पनि पहल गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement