मुण्डाकोठी चियाबारीको प्रधान गाउँमा आफ्नै ज्वाईद्वारा सासुको घर जलाए

IMG-20240707-WA0224

पुलिसद्वारा ज्वाई पक्राउ

सोनादा: सोनादादेखि केही मुनितिर पर्ने मुण्डाकोठी चियाबारीको प्रधान गाउँमा आफ्नै ज्वाईले घर जलाई दिएको घटना प्रकाशमा आएको छ। घरको ज्वाई सन्जोग तामाङले आफ्नै ससुराली घर नै जलाउँदै गरेको स्थानीयहरूले देखेर पुलिसलाई खबर गरेपछि राती नै सोनादा पुलिस आउट पोष्टको पुलिस अधिकारीहरू पुगेर सन्जोग तामाङलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ। सन्जोग तामाङले आफ्नी सासु रिता छेत्री र पत्नी मञ्जु छेत्रीलाई फोनमा लगातार रूपमा धम्काउने कार्य गर्दै आएको र हिजो राती ११ बजेतिर सासु रिता छेत्रीको घरमै आएर घर जलाई दिएको स्थानीयहरूले बताएका छन्।

स्थानीयहरूले बताए अनुसार सन्जोग तामाङ र पत्नी मञ्जु छेत्रीमाझ लामो समयदेखि पारिवारिक रूपमा कलह चल्दै आएको थियो भने हिजो राती ११ बजेतिर सन्जोग तामाङ आएर सासुको घर जलाईदिएको बताएका छन्। स्थानीय उमेश शर्माले बताए अनुसार हिजो राती ११ बजेतिर सन्जोग तामाङले सासुको घर जलाउँदै गरेको स्थानीयहरूले देखेर पुलिसमा खबर गरेर पुलिसले उनलाई पक्राउ गरेको छ। रिता छेत्रीको जलेको घरलाई सहयोग गर्नलाई क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले रिलिफ टिम पठाएर केही राहत सामाग्रीहरू सहयोग गरेको जानकारी प्राप्त भएको छ।

आफ्नो समष्टी रंगबुल धोतरिया रंगमुक समष्टीभित्र यस्तो नराम्रो घटना घटेको भन्दै क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले आगलागीमा सबै सर सामानहरू जलेर नष्ट भएको कारणले आफ्नो प्रतिनिधि पठाएर राहत सामाग्रीहरू प्रदान गरेको बताएका छन्। उनले उक्त घटनामाथि पुलिस प्रशासनले सही छानबीन गरेर आरोपीलाई कठोर सजाय दिनु पर्ने मांग गरेका छन्।

About Author

Advertisement