गान्तोक: जुम सालघारी निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारको यातायात एवं कौशल विकास विभागका सल्लाहकार मदन सिन्चुरीले आज कौशल विकास विभागको सल्लाहकारको पदभार ग्रहण गरेका छन्। यस अवसरमा विभागीय सचिव कर्मा नाम्गयाल भोटियाको अगुवाईमा विभागका अन्य अधिकारी र कर्मचारीहरूले उनलाई भव्य स्वागत जनाए। गत केही दिन अघि मात्र उनले यातायात विभागको सल्लाहकारको पदभार ग्रहण गरेका थिए भने आज कौशल विकास विभागको सल्लाहकारको पदभार ग्रहण गरेका छन्।

यस अवसरमा विभागीय अधिकारी र कर्मचारीहरूसित अन्तर्किया गर्दै सल्लाहकार मदन सिन्चुरीले पुर्ण समन्वयका साथ कार्य गर्न सुझाव राख्दै सबैलाई न्यानो स्वागतको निम्ति धन्यवाद दिए।










