मन्त्री जीटी ढुङ्गेल र सल्लाहकार टीटी भोटियालाई जनाइयो स्वागत

photocollage_2024620223849478.jpg

गान्तोक: स्वास्थ्य मन्त्रीकोरूपमा नवनियुक्त विधायक जीटी ढुङ्गेललाई आज स्वागत जनाइयो। सिक्किम सरकारको संस्कृतिक विभागको पहलमा आज मन्त्री ढ्ङुगेललाई स्वागत जनाइएको हो। यस अवसरमा स्वास्थ्य एवम परिवार कल्याण अनि सांस्कृतिक विभागका सल्लाहकारको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा विभागका सचिव बीके लामाले मन्त्री र सल्लाहकारलाई विभागकोतर्फबाट स्वागत जनाए। राजधानीस्थित मनन केन्द्रमा आयोजित कार्यक्रममा सचिव लालामा विभागले अहिलेसम्म गरेका कार्य र उपलब्धिबारे जानकारी गराए। उनले विभागको कल्याण हेतु सबैले सामुहिकरूपमा पहल गर्नुपर्ने सुझाउ पनि दिए।

About Author

Advertisement