मंगन: भारतीय चुनाउ आयोगको निर्देश बमोजिम गत दिनमा सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभाको चुनाउमा प्रयोग गरिएको थर्मल पेपर रोल्स, पावर प्याक्स, भोटर भेरिफायएवल पेपर अडिट ट्रायल सफलतापूर्वक हटाउने कार्य सम्पन्न भयो।विशेष गरेर गत १९ अप्रेलको दिन मंगन जिल्लामा सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउमा प्रयोग गरिएको थर्मल पेपर रोल्स, पावर प्याक्स, भोटर भेरिफायएवल पेपर अडिट ट्रायल मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको उपस्थितिमा हटाउने कार्य सम्पन्न भएको थियो। यस अवसरमा चुनाउ विभागका सचिव कर्मा शेर्पा, डीपीओ कर्मा दोर्जी वाजारलिङपा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।











