राजगञ्जमा नदीबाट वृद्धको शव उद्धार

dead-body-Rep-Image-1

राजगञ्ज: करतोआ नदीबाट पुलिसले एकजना वृद्ध व्याक्तिको शव उद्धार गरेको छ। यो घटना हिजो साँझ राजगञ्ज ब्लक अन्तर्गत माझियाली ग्राम पञ्चायतको बरबाड़ी गाँउ इलाकाको हो। मृतकको पहिचान अर्जुन उरांव (७२) को रूपमा गरिएको छ। पारिवारिक सूत्र अनुसार हिजो मंगलवार साँझ अर्जुन उरांव घरबाट निक्लेका थिए तर रात पर्दा पनि घर नपर्किए पछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा गएर तिनको खोजी गरे। पछि तिनको करतो आ नदीमा तिनको शव देखे। यसपछि घटनाबारे पुलिसलाई जानकारी दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरे। आज शवलाई पोस्टमार्टमको लागि पठाइएको छ।

About Author

Advertisement