सीआईएसएफ द्वारा रेलीको माध्यम ‘हर घर तिरंगा’ अभियान

IMG_20220810_203839.jpg

सिलगढी: सीआईएसएफ बाघडुग्रा युनिटले आज एउटा ऱ्याली निकालेर स्वतन्त्रताको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा आजादका अमृत महोत्सव कार्यक्रम अन्तर्गत ‘हर घर तिरंगा’ अभियानको आयोजना गऱ्यो। उक्त ऱ्याली आज बिहान बाघडुग्रा एयरपोर्ट मोड़बाट शुरू भएर स्टेशन मोड़, बेङ्गडुबी हुँदै यहाँको विभिन्न इलाकाको परिक्रमा गरेपछि अन्तमा युनिटमा पुगेर समापन गरियो। सीआईएसएफ का ४२ जना सदस्यहरूले मोटरसाइकलमा सवार भएर १० किलोमीटर यात्रा गरेर विभिन्न इलाकाको परिक्रमा गरे। उक्त बाइक ऱ्यालीको माध्यम तिनीहरूले आगामी १२ देखि १५ अगस्तसम्म सबैलाई आ-आफ्नो घरमा राष्ट्रीय झण्डा फहराइदिने सन्देश दिए।

About Author

Advertisement