जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाद्वारा रंगबुल उच्चत्तर माध्यमिक विद्यालयको नयाँ भवनको उदघाटन

IMG-20220810-WA0139.jpg

अब जीटीएले नानीहरूलाई सेलेक्ट गरेर आईएएस, आईपीएस र डब्ल्युबीसीएस अफिसरहरू बनाउन कोचिङ गराउने साथै प्रत्येक स्कूलमा काउन्सेलिङ गराउनेछौं: अनित थापा

सोनादा: आज जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको बाहुलीबाट रंगबुल उच्चत्तर माध्यमिक विद्यालयको नयाँ भवनको उदघाटन गरिएको छ। उक्त स्कूल भवनको उदघाटन जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा लगायत जीटीएको डेपुटी चिफ् सन्चवीर सुब्बा, जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान आदिको बाहुलीबाट गरिएको छ। यस अवसरमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई रंगबुलमा भव्य स्वागत जनाइएको थियो। रंगबुल उच्चत्तर माध्यमिक विद्यालयको उदघाटन गरेपछि आफ्नो सम्बोधनमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले जीटीएले शिक्षा व्यवस्थामाथि धेरै काम गर्नु बाँकी छ भन्दै अब जीटीएले नानीहरूलाई सेलेक्ट गरेर आईएएस, आईपीएस र डब्ल्युबीसीएस अफिसरहरू बनाउन कोचिङ गराउने साथै प्रत्येक स्कूलमा काउन्सेलिङ गराउने पनि बताएका छन्।

थापाले शिक्षा खेती गरेर नै आईएएस, आईपीएस, डब्ल्युबीसीएस अफिसरहरू जन्माउने बताउँदै विद्यार्थीहरू नै भोलिको भविष्य हुन् र यिनीहरू भोलिको पहाड़ चलाउनेहरू हुन् भनी बताएका छन्। जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले मानिसहरूले भोट दिएर जिताएको छ र अब हाम्रो काम गर्ने पालो हो अनि काम गरेर देखाउनुपर्छ भनी बताएका छन्। उनले सकरात्मक सोच लिएर अघि बढ्नुपर्छ र जसले जे काम गर्न सक्छ त्यही काम गर्नुपर्छ भन्दै सरकारको पैसा सही रूपमा सदुपयोग हुनुपर्छ भनी बताएका छन्। उनले अघि भने ‘प्राथमिक स्कूलको राम्रो हुनुपर्छ कारण प्राथमिक स्कूल राम्रो चले मात्र हाई स्कूल पनि चल्छ र प्राथमिक स्कूल राम्रो भए सबै राम्रो हुन्छ। यसैले मेरो यो ५ वर्षको समयमा प्राथमिक शिक्षाको स्तरलाई परिवर्तन गरेर लानेछु। शिक्षा धेरै महत्वपूर्ण हुन्छ। हाम्रो जाति पनि शिक्षाले नै अघि बढनुपर्छ।”

जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले रंगबुल स्कूलको भवन सोचनीय अवस्थामा पुगेको थियो तर अब स्कूलले नयाँ भवन पाएको छ र अब यस स्कूलले शिक्षा क्षेत्रमा राम्रो काम गर्नु पर्ने सुझाव राखेका छन्।

About Author

Advertisement