पटना: नितिश कुमारले आठौं पटक बिहारको मुख्यमन्त्रीको शपथ लिएका छन्। उनलाई राज्यपाल फागु चौहानले पद तथा गोपनियताको शपथ गराए। बिहारको मुख्यमन्त्रीका रूपमा नितिशले भगवानको नाममा हिन्दीमा शपथ लिए। त्यसलगत्तै तेजस्वी यादवले उपमुख्यमन्त्रीको शपथ लिएका छन्। शपथ लिने बित्तिकै तेजस्वीले नितिश कुमारको खुट्टा छोएर आशीर्वाद लिए। छोरा तेजस्वीको शपथ कार्यक्रममा सहभागी हुन राबडी देवी पनि राजभवन पुगिन्। तर, तेजस्वीका पिता तथा राजद प्रमुख लालु यादव अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन्। तर, शपथ गर्नुअघि नितिशले लालुसँग फोनमा कुरा गरेर राजनीतिक अवस्थाबारे जानकारी गराए।










