राई गाउँ गोरुबथानमा वाटरसेड रिसोर्सेसको उद्घाटन समारोह

IMG-20220810-WA0142.jpg

गोरुबथान: जल नै जीवन हो। जल बिना जीवन सम्भव छैन।वर्तमान समयमा पिउने पानीको स्रोतहरु सुक्दै गइरहेको छ। पर्यावरण नष्ट,जलवायु परिवर्तन,बड्दो जनसंख्या, जस्ता विषयहरुले पिउने पानीको स्रोत सुक्दै गइरहेको छ। यस्तैमा आज राई गाउँ गोरुबथान शिशु शिक्षा केन्द्रको प्रांगणमा वाटरसेड रिसोर्सेसको उद्घाटन भएको छ। राईधारा वाटर युजर एसोसिएसन, राई गाउँका पाँचवटा स्वनिर्भर दल,प्रसारी गैरसरकारी संस्थाको संयूक्त आयोजनामा समपन्न यस उद्घाटन कार्यक्रममा मुख्य अतिथीको रुपमा ध्रुवी शाह सि इ ओ एक्सिस बैंक फाउन्डेसन थिइन। कार्यक्रमको सभाध्यक्ष यसै गाउँका गणमान्य व्यक्ति प्रदिप राई रहेका थिए।

कार्यक्रमलाई धिरेन राईले सन्चालन गरेका थिए। कार्यक्रममा वक्ताको रुपमा अजय राई,अमरदिप राई,सरोजा राई,पुनम राई ,साजन छेत्री,जितराज राई रहेका थिए।

कार्यक्रममा कसरी बर्खाको पानीलाई संरक्षण गरेर पानीको स्रोत बचाउन सकिन्छ भन्ने विषयलाई उजागार गरे भने गैर सरकारी संस्था प्रसारीको पहल र एक्सिस बैंक फाउन्डेसनको तत्परतामा राई गाउँमा वाटर सेड रिसोर्सेस निर्माण हुन गइरहेछ।यसबाट राई गाउँका मानिसहरु लाभान्वित हुन्छन् भने पुन कृषिमा मानिसहरुलाई फर्क्याई ल्याउने यो पहललाई सवसाधारणले स्वागत जनाएको छ। प्रसारी गैरसरकारी संस्था र एक्सिस बैंक फाउन्डेसनको संयुक्त सहभागितामा भारतको विभिन्न क्षेत्रमा वाटर सेड रिसोर्सेस निर्माण गरी सर्वसाधारणलाई लाभ पुर्याएको कुरो पनि प्रसारी गैरसरकारी संस्थाका सदस्यले सबै सामु राखे।

राई गाउँको पाँचवटा स्वनिर्भर दलका सदस्याहरुले स्वागत गीत गाएका थिए। उपस्थित अतिथिहरुको बाहुलीबाट द्विप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा गाउँकै सानी नानीले सुन्दर नृत्य पनि प्रस्तुत गरेका थिए। कृषि विभागका पदाधिकारी साजन छेत्रीले सरल ढंगमा कृषि विषयमा जानकारीमूलक कुराहरु बताए।आयोजक कमिटीको तर्फबाट धन्यबाद ज्ञापन गरियो भने कार्यक्रमको सभाध्यक्ष प्रदिप राईले अन्तमा कार्यक्रम समापनको घोषणा गरे।

About Author

Advertisement