सोनादा: पर्यटकीय महत्त्व बोकेको तर जीर्णावस्थामा पुगेको इन्द्रेणी फस्टको जीटीएका विभागीय सभासद अनि अन्य क्षेत्रीय सभासदहरूले भ्रमण गरेका छन्। यस क्रममा क्षेत्रीय सभासद एंव जीटीएको डिपुटी चेयरम्यान राजेश चौहान, पर्यटन विभागीय भारप्राप्त सभासद नोर्देन शेर्पा, पर्यटन विभागका मेम्बर अन् ड्यूटी सभासद नूरी शेर्पा, पर्यटन विभागका कार्यकारिणी निर्देशक सोनाम भोटिया, कार्यकारी सभासद अनोश थापा आदिले धोतरिया ग्राम पञ्चायत अन्तर्गत इन्द्रेणी फल्स अनि धोतरिया हेलीपेडको परिभ्रमण गरेका छन्। जीटीएको मुख्य कार्यापाल अनित थापाको निर्देशनमा सबै विभागीय सभासद र अन्य सभासदहरूले उक्त क्षेत्रको भ्रमण गरेका छन्। यो भ्रमणपछि क्षेत्रनासीहरुले पर्यटकीय महत्त्व बोकेको यो इन्द्रेणी फल्सको जीर्णोध्दार भए पर्यटन उद्योग फस्टाएर जाने विषयमा आश्वस्त छन्। सभासदहरूले इन्द्रेणी फल्सको स्थलगत भ्रमण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीए पर्यटन विभागका भारप्राप्त सभासद नोर्देन शेर्पाले जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको निर्देशनमा नै हामी इन्द्रेणी फल्सको स्थलगत भ्रमणमा आएको र मसितै यस क्षेत्रका क्षेत्रीय सभासद राजेस चौहान, सोनादा पचेङ समष्टीको सभासद अनोस थापा र पर्यटन विभागको एमओडी नुरी शेर्पा पनि उपस्थित भएर स्थलगत भ्रमण गरेको बताएका छन्। उनले यहाँ हेरेर कुन प्रकारले यसको सुन्दरीकरण गर्नु पर्ने र जीटीएको पर्यटन विभागले के कस्तो कामहरू गर्नु पर्ने भन्ने विषयमा स्थलगत भ्रमण गरिएको पनि बताए। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा जीटीए पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पाले यो क्षेत्रमा पर्यटकहरूलाई ध्यानाकर्षण गराउन र यस क्षेत्रको बेरोजगार युवाहरूको पनि पर्यटकीय व्यवसायहरूलाई फस्टाएर लान अनि स्वनिर्भर बनाउन जीटीएले के कस्तो कामहरू गर्न सक्छ र यस इन्द्रेणी फल्सको सुन्दरीकरणको लागि कार्य गरिने पनि बताएका छन्।











