गोजमुमो अध्यक्ष बिमल गुरुङद्वारा मतदान

IMG-20240426-WA0097.jpg

यसपाली हामीले चुनौतीपूर्ण निर्णय लिएर गम्भीर रूपमा खटिरहेका छौं: बिमल गुरुङ

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष एंव भारतीय जनता पार्टीको गठबन्धन दलको नेता बिमल गुरुङले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले दार्जिलिङको तकभर समष्टि अन्तर्गत पाँतलेबाँस सार्वजनिक भवनमा आफ्नी पत्नी एंव नारी मोर्चाको केन्द्रीय अध्यक्षा आशा गुरुङसित भोट गरेका छन्। आफ्नो मताधिकार प्रयोग गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले यसपालीको लोकसभा चुनावमा हामीले चुनौतीपूर्ण निर्णय लिएको र य चुनौतीपूर्ण विषयलाई लिएर हामी सबैजना गम्भीर भएर खटिरहेको बताएका छन्। उनले यसपालीको चुनावमा भाजपा प्रार्थी राजु विष्टले जित्ने दाबी गरेका छन्। उनले गत २०१९ को लोकसभा चुनावमा जस्तो मार्जिन बेसी नभए पनि यसपालीको चुनावमा भाजपाले मै जित्ने दाबी गर्दै यसपाली पहाड़, तराई र डुवर्सको जनताले भाजपा प्रार्थी राजु विष्टलाई जिताउन प्रण गरिसकेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *