भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाद्वारा मतदान

IMG-20240426-WA0116.jpg

चुनाव प्रचार शान्तिमय भयो भने मतदान पनि शान्तिमय तरिकाले नै हुनेछ: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले खरसाङको नयाँ बजारस्थित टाउन हलमा रहेको बुथ नम्बर २०७ मा आफ्नो मतदान गरेका छन्। आफ्नो मतदानपछि पत्रकारहरूसित कुराकानी गर्दै भने, “चुनाव प्रचार शान्तिमय ढंगमा सम्पन्न भएको थियो भने मतदान पनि शान्तिमय तरिकाले नै हुनेछ।”
भाजपाको नेताहरुकोमा पैसा पक्रेको विषय आफ्नो प्रतिक्रिया दिँदै थापाले भने, “भाजपा संगठन नभएको पार्टी हो। पोलिङ एजेण्ट सम्म छैन। भाजपा पैसाले चुनाव जित्नु खोज्छ, हामी सोचले चुनाव जित्नेछौं। हामी निश्चित रूपमा विजयी बन्नेछौं।”

About Author

Advertisement