प्रि-मनसुन तयारीलाई लिएर सभा सम्पन्न

IMG-20240425-WA0201.jpg

गान्तोक: गान्तोक जिल्ला आपदा प्रबन्धन प्राधिकरणको प्रि- मनसुन तयारी साथै उक्त समयमा हुने दुर्घटना समस्यालाई लिएर एक सभा सम्पन्न भयो। गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभाको अध्यक्षता गान्तोक जिल्लाका जिल्लापाल तुषार जी. निखारेले गरेका थिए। उक्त सभामा गान्तोक जिल्लाका अतिरिक्त जिल्लापाल रोहन आगवाने, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका सदस्य सचिव पासाङ लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। जिल्लापाल निखारेले मनसुन तयारीबारे मूल्याङ्कन गर्दै स्थानीयहरूको सुरक्षा र कल्याणको रक्षा गर्न सक्रिय पहल गर्नुपर्ने विषयमा जोड दिए।

उदीयमान चुनौतिहरूको कुशलतापूर्वक सामना गर्न सक्रिय योजना, समयसापेक्ष हस्तक्षेप र प्रभावकारी सञ्चार रणनीतिको आवश्यकतामा उनले जोड दिए।

स्थानीयहरूमा देखिएको चुनौतीहरूको प्रभावलाई प्रभावकारी रूपमा व्यवस्थापन र यसलाई कम गर्नका लागि सबै उपायहरू अप्नाउनु पर्ने जानकारी गराए।

यसका साथै जिल्लापालले वर्षायाममा सडक अवरुद्ध हुन नदिन ढल निकास, ढोरा र ढल निकासको सुनिश्चितता गर्न सम्बन्धित विभागलाई सुझाव दिए।

उनले मनसुनमा हुने संकटलाई कम गर्न सबैले रेन वाटर हार्वेस्टिङलाई कार्यान्वयन गर्नुपर्ने जानकारी गराए। उनले तल्लो तहमा तत्परता र लचिलोपनको संस्कृति प्रवर्द्धन गर्दै सामुदायिक संलग्नता पहलहरू सुधार गर्न समर्पित प्रयासको आवश्यकतामा जोड दिए।

यस प्रकारको पहलले स्थायनीहरूलाई सक्रिय रूपमा संलग्न गर्न साथै आपतकालिन अवस्थामा प्रभावकारी रूपमा प्रतिक्रिया दिन, जोखिम न्यूनीकरण गर्न र संकटको समयमा एकअर्कालाई सहयोग गर्न अझ सक्षम हुने जानकारी गराए। यस क्षेत्रलाई असर गर्ने पहिरो र सडक अवरुद्ध जस्ता सम्भावित प्रकोपहरू न्यूनीकरण गर्न सहयोगी तयारीको महत्वपूर्ण महत्त्वलाई जोड दिए।

उनले कुनै पनि आपतकालिन अवस्थालाई द्रुत रूपमा सम्बोधन गर्न आवश्यक स्रोतहरूले सुसज्जित द्रुत प्रतिक्रिया टोलीहरू खटाउन सुझाउ दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *