सोरेङ जिल्लाबाट ३८ जना खेलाडीहरू गान्तोक प्रस्थान

IMG-20240425-WA0202.jpg

गान्तोक: सोरेङ जिल्लाका ३८ जना विद्यार्थीहरूले गान्तोकमा आयोजना हुने १५औं स्टेट एथलेटिक मीटमा सहभागिता जनाउने भएका छन्। आज सोरेङ जिल्लाका जिल्लापाल हिस्से डी. योङदाले उनीहरूलाई सोरेङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयको खेल मैदानबाट झण्डा हल्लाएर गान्तोक प्रस्थान गराउँदै सबै विद्यार्थीहरूलाई जितको निम्ति शुभकामना पनि दिएकी छन्। उल्लेखनीय छ, भोलि २६ अप्रेलदेखि राङकाको रेशीथाङस्थित खेल गाउँमा २८ अप्रेलसम्म एथलेटिक मीटको आयोजना भइरहेको छ। उक्त प्रतियोगितामा १४-१६-१८ वर्ष भन्दा कम उमेरका र खुल्ला प्रतियोगिताको पनि आयोजना गरिनेछ। सिक्किम एथलेटिक्स एसोसिएशनद्वारा आयोजना गरिने यस प्रतियोगितामा राज्य भरिका प्रतियोगीहरूले सहभागिता जनाउने जानकारी प्राप्त भएको छ।

About Author

Advertisement