सिलगढी: दार्जिलिङ लोकसभा क्षेत्रका भाजपा उम्मेदवार राजु बिष्टको समर्थनमा केन्द्रीय राज्यमन्त्री निशिथ प्रामानिकले हुड लगाएको कारमा नक्सलबारीमा प्रचार गरे। आज निशिथ प्रामानिक र भाजपा विधायक शंकर घोष, आनन्दमय बर्मन, दुर्गा मुर्मु र विशाल लामाले नक्सलबारी रथखोलादेखि बस स्ट्यान्डसम्म रोड शो गरे।उनले भाजपाका उम्मेदवार राजु विष्ट समर्थललाई भोट दिन आग्रह गरेका छन्। त्यही समयमा बस स्ट्यान्डमा तृणमूलको पथ सभा चलिरहेको थियो। भाजपाको र्याली बस स्ट्यान्डमा पुगेपछि तनावपूर्ण वातावरण बन्यो। तृणमूलका नेताहरु पनि नारा लगाएका देखिन्छन्। पछि, निशिथ प्रामानिकले मञ्चमा भाषण दिँदै तृणमूल कांग्रेसका नेताहरूलाई चेतावनी दिए।