उनाकोटीमा पाँच रोहिंग्या पक्राउ

3686835-75.webp

अगरतला: अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा त्रिपुराको उनाकोटी जिल्लाको कैलाशहरस्थित पितुरबजार मोटर स्ट्यान्डबाट पाँच जना रोहिंग्या पक्राउ परेका छन्।पक्राउ पर्नेमा दुई नाबालिग रहेका समाचारमा जनाइएको छ।
उनाकोटीका जिल्ला पुलिस अधीक्षक कांता जाङ्गिडले सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुलाई राज्य प्रवेश गर्ने तरिका र नियतबारे सोधपुछ भइरहेको बताए। सोधपुछ सकिएपछि भारत छिर्न सहयोग गर्नेलाई पुलिसले पक्राउ गर्ने पनि जाङ्गिडले बताए। समूहमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन्। स्रोतका अनुसार उनी मगुरुली क्षेत्रमा भारत–बंगलादेश सीमा पार गरेर हैदरावाद जाँदै थिए ।

About Author

Advertisement