राजगञ्ज: रक्ताम्मे अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। उक्त घटना सिलगढी संलग्न फुलबारी २ नम्बर ग्राम पञ्चायतको युगिभिटाको एसियन बस्ती इलाकाको सडकमा भएको हो। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले सडकमा रक्ताम्मे अवस्थामा युवकको शव देखे भने उक्त युवकको शरीरमा धेरैवटा चोटको निशानहरू रहेको बताइएको छ।
स्थानीय मानिसहरूले घटनाबारे पुलिसलाई खबर दिएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।