सिलगढी: लाखौँ रुपियाँको ब्राउन सुगरसहित एकजना युवकलाई सिलगढीको वर्द्धमान रोडबाट पक्राउ गरेको छ। पक्राउ परेका युवक माथाभाङ्गा निवासी रसिदुल हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान सिलगढी थाना पुलिस र एसओजीले सिलगढीको वर्द्धमान रोडमा संयुक्त अभियान चलाएर एकजना युवकलाई पक्रेर छानबीन गर्दा ब्यागबाट लगभग २७५ ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै नगद लगभग ५० हजार रुपियाँ उद्धार गरेको बताइएको छ।











