प्रतिबन्धित कफ सिरप तस्करी गरेको आरोपमा आमा छोरा पक्राउ

IMG_20220806_162235.jpg

सिलगढी: प्रतिबन्धित कफ सिरप तस्करी गरेको आरोपमा प्रधाननगर थाना पुलिसले आमा-छोरालाई पक्राउ गरेको छ। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गऱ्यो। पक्राउ पर्नेहरू रोहित चौधरी र उर्मिला चौधरीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार हिजो आमा- छोराले एउटा ब्यागमा प्रतिबन्धित कफ सिरप लिएर नक्सलबारीबाट सिलगढी नगरनिगमको १ नम्बर वार्डको डिजल कोलनी इलाकामा आइपुगेको खबर पाएपछि प्रधान नगर थाना पुलिसले घटनास्थलमा पुगेर छानबीन गर्दा ४५ बोतल प्रतिबन्धित कफ सिरप उद्धार गर्नको साथै आमा-छोरालाई पक्राउ गरेको बताइएको छ।

About Author

Advertisement